तीन विश्वविद्यालय पदाधिकारीविहीन, उपकुलपति नियुक्ति प्रक्रिया नै अन्योलमा

तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छन् र काम चलाउनका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन । विश्वविद्यालयमा उपकुलपति रिक्त हुनुअघि नै प्रक्रिया थालेर नयाँ उपकुलपति छनोट गर्ने र उपकुलपतिको पदावधि सकिएकै दिन नयाँलाई प्रतिस्थापन गर्ने विधि राज्यले अँगाल्न सकेको छैन । शिक्षाविद्हरू राष्ट्रिय सभामा सांसदको अवधि सकिए अगाडि नै नयाँ सांसदको छनोट भइसक्ने र रिक्त भएको भोलिपल्टै नयाँलाई शपथग्रहण गराउने अभ्यास जस्तै विश्वविद्यालयमा पनि गर्न सकिने बताउँदै त्यसतर्फ कसैको सोच नगएकोमा शिक्षाविदहरूले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

उपकुलपतिविहीन ३ विश्वविद्यालय, नियुक्ति प्रकृया कहिले ?

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको २८ दिन बितिसकेको छ।विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको फागुन ६ गते बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो।तर हालसम्म नियुक्ति प्रकृया अगाडि बढ्न सकेको छैन। सरकारले समयमा उपकुलपति छनोट गर्न नसक्दा १८ दिनदेखि निमित्तको भरमा उक्त विश्वविद्यालय चलेको छ। पूर्वाञ्चल विश

त्रिवि सुधारको मार्ग

नेपालको पहिलो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको बिसौँ उपकुलपतिका रूपमा प्राडा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । आवेदन दिने ४३ जना उच्च प्राज्ञिक व्यक्तित्वमध्ये छानिएर प्राडा बराल उपकुलपतिमा नियुक्त हुनुभएको हो । हुन त उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी नभएको टिप्पणी पनि सुनिएका छन् तर यस्ता टिप्पणीको कुनै अर्थ छैन । यस्ता टिप्पणीलाई स्वाभाविक प्रकारको मनोगत प्रतिक्रियाको रूपमा लिनुपर्ने हुन्छ । नवनियुक्त उपकुलपतिले यस्ता टिप्पणीलाई सहज रूपमा आत्म

मध्य र सुदूरपश्चिमका भिसी छनोट मापदण्ड सच्याइँदै, कहिले खुल्छ आवेदन ?

काठमाडौँ : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको १० दिन बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सूचनामा भनिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलप

मापदण्डमा सत्तारुढ दलकै व्यक्ति नपरेपछि उपकुलपति नियुक्ति प्रक्रिया नै स्थगित

१० फागुन, काठमाडौं । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको छनोट तथा सिफारिस समितिले २६ माघमा १० दिनको समय तोकेर आवेदन माग गर्‍यो । यस अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि ९ जना र सुदूरपश्चिमका लागि ९ जनाले आवेदन दिए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्षा देवराज अधिकारी संयोजकत्वको सिफारिस समितिले […]

मध्य र सुदूरको उपकुलपति छनाेटमा थेगिनसक्नु दबाब, रोकियो प्रक्रिया

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो।‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम मिति २०८०/१०/२५ को गोरखापत्र दैनिकका साथै शि

मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

६ फागुन, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने […]

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति रिक्त हुँदै

२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । १७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति […]

विश्वविद्यालयको नेतृत्वमा राजनीतिक नियुक्ति रोक्नैपर्छ : गगन

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालय लगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन्।त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबण्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन्।बुधबार प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले सरकारले कुनैपनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बता

शिक्षामन्त्री श्रेष्ठको पहिलो कार्यकालमा भएका उपलब्धि सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले यसअघिको साढे चारमहीने कार्यकालमा भएका दर्जनौं उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठको पहिलो कार्यकालमा ६ अर्ब रुपैयाँ बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन भएको महŒवपूर्ण उपलब्धिको रूपमा उल्लेख गरिएको छ । यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ३६ विद्यालयमा परियोजना सञ्चालन हुनेगरी ५ अर्ब ७ करोड ४१ लाख ५० हजार वित्तीय हस्तान्तरण भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णयबाट लामो समयदेखि कायम रहेको कक्षा ११ को पाठ्यक्रमको विवाद निरूपणलाई पनि मन्त्री श्रेष्ठले उपलब्धिको रूपमा उल्लेख गरेका छन् । यस्तै विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको नियुक्ति गरी कार्यसम्पादनमा सहजीकरण र काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया पहिलो कार्यकालमा पूरा भएको बताइएको छ । कोभिड–१९ को कारण अवरुद्ध भई विलम्ब भएको कक्षा–१२ को परीक्षाको परिणाम उच्च शिक्षाको शैक्षिक क्यालेडरसमेतलाई प्रभाव नपर्ने गरी प्रकाशन र योगगुरु, योग सम्बद्ध संघ संस्था तथा योगप्रेमीसमेतको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा माघ १ गते राष्ट्रिय योग दिवस सम्पन्न गरिनु उपलब्धिमा समावेश गरिएको छ । चिकित्सा शिक्षालाई थप व्यवस्थित, प्रभावकारी एवम् पहुँचयुक्त बनाउन चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षा अन्तर्गत अध्ययन गर्न शुल्क निर्धारण मन्त्री श्रेष्ठको पहिलो कार्याकालमा भएको छ । यस्तै आयोगद्वारा पहिलो पटक चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन गर्न चाहने नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन भई परिणाम प्रकाशन गरिएको छ । संघीयस्वरूप अनुसार शैक्षिक संरचनाको परिवर्तित नाम तथा कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई समेत सम्बोधन हुनेगरी शिक्षा नियमावली, २०५९ को नवौं संशोधन, उक्त संशोधन बमोजिम चालू शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म कायम गरी नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि शुरू गर्नेगरी प्रबन्ध पनि मिलाइएको, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरी कार्य अघि बढाइएको, कोभिड–१९ का कारण स्थानान्तरित भएका विद्यार्थीलाई स्थानान्तरण भएकै विद्यालयबाट आगामी एसईई दिन पाउने गरी व्यवस्था मिलाउने व्यवस्था, खुद पुलमा रहेका दरबन्दीमध्ये ४५५ शिक्षक दरबन्दीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा मिलान लगायत विभिन्न २० ओटा उपलब्धि हासिल भएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

केयूमा सक्षम र नैतिकवान पदाधिकारी नियुक्त गर : डा. केसी

१ माघ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को  पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी केसीले केयूको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताएका छन् । हाल केयूको उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको र ३५ जना भन्दा […]