सरकारले राष्ट्रपतिले मनोनित गर्ने तीन जना राष्ट्रिय सभा सदस्य सिफारिश गर्ने तयारी गरेको छ। कानुन मन्त्री यज्ञबहादुर थापाले संविधानअनुसार नै सरकारले तीन जनाको नाम सिफारिश गर्ने तयारी गरेको सेतोपाटीलाई जानकारी दिए। ‘तीन जना राष्ट्रिय सभा सदस्य यही सरकारले सिफारिश गर्छ, कहिले र कसलाई गर्ने भने टुंगो लागेको छैन,’ मन्त्री थापाले भने। चुनावपछि कामचलाउ भएको र…