कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।