कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्ट भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २८२ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार सुर्खेत, दैलेख, सल्यान र हुम्लाका २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका चार, दैलेखका तीन र हुम्लाका एक जनामा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।