कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकमा प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित भएपछि कोभिड …