नेपाली सेनाले विगत वर्षहरु झैं यसपटक पनि सेना दिवस मनाएको छ । नेपाली सेनाले महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह गरी सेना दिवस मनाएको हो । त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर…