काठमाडौं : कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सरकारी कार्यालयका सेवा प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रभावित भएको हो।काठमाडौं जिल्ला प्रशासनका १५ जनामा कोरोना पुष्टि भएपछि आजैबाट अत्यावश्यक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।उनले थाहाखबरसँग भनिन्, ‘प्रशासनका ५० प्रतिशत कर्मचारीमा संक्र