पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश