काठमाडौं : नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको 'ए मेरो हजुर ४' फेरि हलमा फर्किएको छ। लगातार तीन हप्ता सफल रूपमा प्रदर्शन भएको फिल्म अन्य नयाँ फिल्म प्रदर्शनमा आएपछि हलबाट उत्रिएको थियो। प्रदर्शनमा आएका नयाँ फिल्ममा दर्शकको उपस्थिति न्यून भएपछि 'ए मेरो हजुर ४' लाई फेरि हलमा ल्याइएको हो। कोरोना महामारी सुरु भएयता हलमा अहिलेसम्मकै सबैभन्दा बढी चहलपहल वैशाख १ देखि सुरु भएको थियो। यसको मुख्य कारण 'केजिएफ च्याप्टर २' हो भने नेपाली फिल्म 'ए मेरो हजुर ४'