बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा मानवमाथि आक्रमण गरेर मार्ने तथा मानव बस्ती नजिक गएर घरपालुवा जनावर खाने पाँच वटा पाटेबाघलाई एक वर्षको अवधिमा नियन्त्रणमा लिएर विभिन्न ठाउँमा पुरयाईएको निकुञ्जले जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्रै बर्दिया निकुञ्जबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइसकिएको बर्दिया निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत असीम थापाले बताउनुभयो ।
उहाँले यसरी नियन्त्रणमा लिईएका बाघहरु मध्ये एउटालाई निकुञ्जको कार्यालय रम्मापुरस्थित खोरमा राखिएको, एउटालाई सदर चिडियाखाना जाउलाखेल काठमाण्डौ पठाइएको, एउटा बाँकेको खोरबाट डण्डी बङ्ग्याएर भागेको तथा अर्को एउटालाई गुठी क्षेत्रको जङ्गलमा छाडिएको बताउनुभयो ।