स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैन : सङ्घ

काठमाण्डाै - नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ  । पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ । नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ । अहिले औषधिको माग धेरै भएक...

सम्बन्धित सामग्री

पाकिस्तानमा जीवनदायी औषधिको अभाव

काठमाडौँ- पाकिस्तानमा जीवनदायी औषधिको अभाव देखिएको छ । पाकिस्तानको कराँचीमा रहेका औषधि पसलहरुमा मधुमेहका रोगीका लागि अत्यावश्यक इन्सुलिनलगायतका जीवनदायी औषधिको अभाव रहेको पाकिस्तानबाट प्रकाशित हुने डेली एक्सप्रेस अखबारले उल्लेख गरेको छ । पाकिस्तानमा विदेशबाट आयात गरिने औषधिको चरम अभाव रहेको बताइएको छ । यसबाहेक स्वदेशमै औषधि उत्पादन गर्ने कम्पनीहरुले पनि मूल्य बढाउनका लागि उत्पादन बन्द […]

सिटामोलको अभाव छैन, आयातलाई प्रोत्साहन गर्नेले हल्ला फैलाए : औषधि उत्पादक संघ

नेपाल औषधि उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुनै औषधिको अभाव नभएको जनाएको छ।

सीमित परिमाणमा मात्र विक्री गर्न भनिएको सिटामोल किन अभाव भइरहन्छ?

कोभिड सङ्क्रमणदर उच्च भएकै बेला ज्वरो तथा दुखाइ नियन्त्रणका लागि अत्यावश्यक मानिने औषधि सिटामोलको बजारमा अभाव भएपछि औषधि व्यवस्था विभागले सीमित परिमाणमा मात्रै सिटामोल बेच्न भनेको छ।“उक्त औषधि (सिटामोल)को बजारमा अभाव हुन नदिन बिरामी तथा उपभोक्तालाई सीमित परिमाणमा मात्र विक्री वितरण गरी औषधिको मौज्दात र प्रभावकारी वितरण व्यवस्था कायम राख्न सरोकारवालाहरूमा अनुरोध छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ।सरकारले समेत उत्पादन गर्दै आएको सिटामोल कैयौँ औषधि पसलहरूमा चहार्दा पनि नपाएको गुनासो सामाजिक सञ्जालमा व्यक्त भएपछि सरकारी निकायहरूले यसको अभाव बारेमा चासो राख्न थालेका छन्।औषधि उत्पादक तथा विक्रेताहरूले पनि सिटामोलको अभाव रहेको बताइरहँदा सरकारले भने अभाव नरहेको दाबी गर्दै आएको छ।औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीले निर्देशन दिएको समाचारमा टिप्पणी गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन जगदीशप्रसाद अग्रवालले सिटामोल नपाएको गुनासो गरेका छन्।“४ दिन अगाडि गल्लीदेखि नाम चलेका पसलमा सिटामोल लिन जाँदा पाइएन, डेढ महिनादेखि नै छैन भन्ने जबाफ पाइयो। फ्लेक्सन लिएर फर्केँ। सरकार भन्छ सिटामोलको अभाव छैन। झुटको पराकाष्ठा। जय होस्,” अग्रवालले बुधवार लेखेका छन्।सिटामोलको अभाव किन?नेपालमा कोरोनाभाइरसको हरेक लहर उच्च विन्दुमा पुग्दा सिटामोलको अभाव हुने गरेको छ। औषधि व्यवस्था विभागले सङ्क्रमण बढ्दै जाँदा यसको माग र घर-घरमा भण्डारण बढ्ने भएका कारण पनि सिटामोलको अभाव भएको दाबी गर्ने गरेको छ।“सङ्क्रमण बढ्ने वित्तिकै सङ्कलन गर्ने, घरमा लगेर राख्ने जस्ता काम पनि भएकोले अभाव देखिएको हो। तर चरम अवस्था चाहिँ छैन,” विभागका सूचना अधिकारी सन्तोष अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।उनले यस विषयमा सरोकारवालासँग समेत छलफल भएको भन्दै अबको केही दिनमा सिटामोल पाउन सहज हुने दाबी गरे।तर सिटामोल अभावको कारण उच्च माग मात्रै नभएको जानकारहरू बताउँछन्।सिटामोल अभावको मुख्य कारण यसको मूल्यबारे सरकार र औषधि उत्पादकहरूबीच देखिँदै आएको विवाद भएको उनीहरू बताउँछन्।नेपालमा सिटामोलको मूल्य २०६४ सालदेखि नबढेका कारण घाटा हुने भन्दै धेरै निजी औषधि उत्पादकहरूले सिटामोलको उत्पादन बन्द गरेका छन्।“सरकारले सिटामोलको मूल्य एक रुपैयाँ तोकेको छ। त्यति मूल्यमा लागत नै उठ्दैन। लागत नै एक रुपैयाँ १५-२० पैसा पर्छ,” औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष नारायणबहादुर क्षेत्री बताउँछन्।“हामीले नेपाल सरकारलाई धेरै पटक भन्यौँ १४ वर्ष अघिको मूल्यमा अहिले उत्पादन गर्न सकिँदैन भनेर।”औषधि व्यवस्था विभागले पनि सिटामोल अभाव हुनुमा मूल्य विवादका कारण उत्पादन बन्द हुनु पनि प्रमुख कारण रहेको स्वीकार गरेको छ।“यसको अर्को कारण चाहिँ मूल्य समायोजन भएको छैन। २०६४ सालदेखि एउटै मूल्यमा छ। त्यो मूल्यमा अहिले कच्चा पदार्थको लागत बढेको हुनाले दिन नसकिने भन्दै केही केहीले बन्द गरेका पनि छन्,” विभागका सूचना अधिकारी केसीले भने।बुधवार सबै उत्पादकहरूलाई उत्पादन सुरु गर्न सर्कुलर गरिएको उनले बताए।निजी उद्योगहरूले सिटामोल उत्पादन नगर्दा पनि सरकारले स्थापना गरेको नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन रोकेको छैन। तर सरकारी कम्पनीको उत्पादनले मात्रै नेपालमा सिटामोलको माग नधान्ने अधिकारीहरूको भनाइ छ।५० पैसाले निम्त्याएको अभावनेपालमा सिटामोलको मूल्य सस्तो भएका कारण विदेशबाट पनि सिटामोल आयात हुन छोडेको औषधि उत्पादकहरूको भनाइ छ।विदेशबाट आयात नहुने र नेपालमा भएका निजी उद्योगहरूले पनि उत्पादन बन्द वा कम गरेका कारण सिटामोल अभाव भएको जानकारहरू बताउँछन्।नेपालका औषधि उत्पादकहरूलाई महामारीको समयमा मूल्य बढाउनका लागि सिटामोलको अभाव सिर्जना गरेको आरोप समेत लाग्दै आएको छ।तर उत्पादक सङ्घका पूर्व अध्यक्ष क्षेत्री आरोपको खण्डन गर्दै भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य कहाँ आकासिएको छ गुगल गरेर हेर्न सकिन्छ। आजभोलिको दुनियाँमा कसैले ठगेर पनि ठगिने वाला छैन।”गत जेठमा औषधि व्यवस्था विभाग र उत्पादकहरूबीच सिटामोलको मूल्य बढाउने र साउनबाट नयाँ मूल्य कायम गर्ने सहमति भए पनि कार्यान्वयन नभएका कारण सिटामोलको उत्पादन नभएको क्षेत्रीको दाबी छ।“यो अभावमा सरकार नै जिम्मेवार हो,” उनले भने।विभागका अनुसार उत्पादकहरूसँगको छलफलपछि परिमार्जित मूल्य निर्धारण कार्यविधि स्वीकृतिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइए पनि मन्त्रालयले त्यसमा कुनै निर्णय लिएको छैन।“हामीले मूल्य निर्धारण सम्बन्धी कार्यविधि स्वीकृत गराउन खोजेको हो। तर अहिले केही भएको छैन। त्यही स्वीकृत नभएको हिसाबले गर्दा गर्न नसकिएको हो,” उनले भने।अहिले एउटा सिटामोललाई एक रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने गरी विभागले मूल्य तोकेको छ।उत्पादकहरूसँगको सहमतिपछि विभागले नेपालमा उत्पादित एक चक्की सिटामोल एक रुपैयाँ ५० पैसामा बेच्न पाउने गरी मूल्य निर्धारणका लागि मन्त्रालयसँग सिफारिस गरेको छ।भारतबाट आयातित सिटामोलको मूल्य एक चक्कीको बढीमा एक रुपैयाँ ७० पैसासम्म तय गर्न विभागले सिफारिस गरेको छ।नेपालमा कोभिड अगाडि नै वर्षमा पाँचदेखि छ करोड चक्कीसम्म सिटामोलको माग हुने गरेकोमा कोभिडपछि यसको माग तेब्बर भएको औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी बताउँछन्।औषधि उत्पादकहरू नेपालमा सिटामोलको मागबारे यकिन तथ्याङ्क नभए पनि वर्षमा करिब १० करोड चक्की हुनसक्ने उत्पादक सङ्घका पूर्व अध्यक्ष क्षेत्री बताउँछन्।‘एक करोड १० लाख सिटामोल छ’बुधवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव नरहेको दाबी गरे।“हाल नेपालमा सिटामोल लगायतका औषधिहरूको कुनै पनि अभाव छैन। त्यसैगरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत पथलैया स्टोरमा १० लाख प्यारासिटामोल भण्डारणमा रहेको तथा सरकारी फार्मेसीहरूमा एक करोड भन्दा बढी मात्रामा सिटामोल रहेको छ,” डा. अधिकारीले भने।मन्त्रालयले प्यारासिटामोल लगायत अत्यावश्यक औषधीहरूको विवरण अद्यावधिक राख्न सबै सरकारी अस्पताल र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूलाई पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।“यदि कुनै सरकारी अस्पतालमा प्यारासिटामोल अभाव हुने अवस्था आएमा औषधि लिमिटेडसँग सिधै सम्झौता गरी खरिद गर्न सकिने हुनाले सोही अनुसार खरिद गरी सेवाग्राहीलाई सहज हुने व्यवस्था गराउनुहुन अनुरोध छ,” उनले भने।डा. अधिकारिले स्वास्थ्य सेवा विभागले पनि प्यारासिटामोल लगायत अत्यावश्यक औषधिहरूको खरिद अघि बढाएको बताएका छन्। मन्त्रालयले ठूला अस्पताल र प्रादेशिक अस्पतालहरूलाई पनि अत्यावश्यक औषधि खरिद गर्न अनुरोध गरेको छ। -बिबिसीबाट साभार

महामारीको अवस्थामा नागरिकको अधिकारको संरक्षण गर्न आग्रह

काठमाडौं।राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा आम नागरिकको स्वास्थ्य उपचार एवम् मानवअधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।आयोगले कास्की, मोरङ, झापालगायतका जिल्लाहरुमा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरुको ज्यान गएको अनुगमनमा देखिएको जनाएको छ। दम, मधुमेहलगायतका अन्य दीर्घ रोगीहरुले नियमित सेवन गर्नुपर्ने औषधिको अभाव देखिएको र व्यवसायीहरुले हालको मूल्यमा सिटामोल उत्पादन गर्न नसकिने बताएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द

काठमाडौं । कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् । विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि दबाब दिँदै आएको नेपाल औषधि उत्पादक संघले वैशाखयता बारम्बर मूल्य समायोजनका लागि विभागमा पत्र पठाएको छ । संघले विक्री मूल्यभन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले उत्पादन नै गर्न नसकिने अवस्था आएको बताउँदै आएको छ । संघका अध्यक्ष नारायण क्षत्रीले विक्री मूल्यभन्दा लागत मूल्य बढी भएकाले औषधिको उत्पादन गर्न नसकिने अवस्था आएको बताए । १४ वर्षअगाडि सरकारले मूल्य समायोजन गरेकोमा हाल त्यो मूल्यमा औषधि उत्पादन गर्न नसकिने उनले बताए । ‘अहिले नै ठाउँठाउँमा प्यारासिटामोलको अभाव देखिन थालिसकेको छ,’ उनले भने, ‘उत्पादन गरेर घाटा खाइन्छ भने कसले उत्पादन गर्छ ? व्यवसायीले उत्पादन गर्न छाडेका छन् ।’ उनले संघले नै अत्यावश्यक औषधिको मूल्य धेरै हुनु नहुने भन्दै १४ वर्षअघि कम मूल्य तोकेकामा त्यसयता मूल्य समायोजन नभएको बताए । २०६४ असोज १० गते संघ र विभागले औषधिको मूल्य समायोजन गरेकोमा त्यसयता मूल्य समायोजन हुन नसकेको व्यवसायीहरूले बताउँदै आएका छन् । ३ वर्षअघि सरकारले २१ प्रकारका औषधिको मूल्य भने बढाएको थियो । हाल विभागले १ सयभन्दा बढी औषधिको मूल्य व्यवसायीले बढाउन नपाउने गरी नियन्त्रण गरेको छ । संघका अध्यक्ष क्षत्रीले अहिले कच्चा पदार्थकै मूल्य ४ गुणासम्म बढेकाले उत्पादन मूल्य उच्च भएको बताए । ‘प्यारासिटामोलको मूल्य अहिले पनि प्रतिचक्की १ रुपैयाँ छ,’ उनले भने, ‘तर लागत करीब डेढ रुपैयाँ जति पर्छ, कहिलेसम्म घाटामा उत्पादन गर्नु ?’ उनले अहिले करीब १० टनजति औषधि स्टकमा रहेकाले २ महीना जतिलाई गाह्रो नभए पनि मूल्य समायोजन नभए उत्पादन गर्न नसकी बजारमा औषधिको अभाव देखिने बताए । ‘सी, डी ग्रेडको औषधि सस्तोमा आयात हुनसक्ला,’ उनले भने, ‘तर, गुणस्तरीय औषधिको अभाव हुनेछ ।’ प्रत्येक ६÷६ महीनामा औषधिको मूल्य समायोजन गर्नुपर्ने माग संघको छ । ‘बजार अध्ययन गरेर उत्पादन लागत कम छ भने मूल्य घटाएर पनि समायोजन गर्नुहोस् भन्ने हाम्रो माग हो,’ उनले भने । संघका निवर्तमान अध्यक्षसमेत रहेका औषधि उत्पादक दीपक दाहालले लागत मूल्य पनि नउठ्ने भएकाले उत्पादकहरूले औषधि उत्पादन गर्न छाडेको बताए । ‘नाफा नभएपछि लागत मूल्य मात्रै उठे पनि सेवाका लागि उत्पादन गर्न सकिन्थ्यो होला,’ उनले भने, ‘ब्यालेन्स सीट नै ऋणात्मक जाने गरी कसरी उत्पादन गर्न सकिन्छ ? ब्यालेन्स सीट ऋणात्मक हुनेबित्तिकै बैंकले पनि ऋण दिँदैन र व्यवसाय गर्न पनि सकिँदैन ।’ उनले निजी उद्योगले मात्र नभएर अहिले यस्तो औषधि सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले पनि उत्पादन गर्न छाडेको बताए । उनले भने, ‘कोभिडको बेला मौकाको फाइदा उठाउन मूल्य बढाउन दबाब दिन खोजेका होइनौं, विगत ३ वर्षदेखि औषधिको मूल्य समायोजनको माग गरे पनि सम्बोधन हुन सकेन ।’ विभागका प्रवक्ता डा. सन्तोष केसीले व्यवसायीहरूले मूल्य समायोजनका लागि पत्राचार गरेकोमा मूल्य समायोजन कार्यविधि बनाउने समूह बनाएर काम भइरहेको बताए । ‘२०६४ यता मूल्य समायोजन नभएकाले समायोजनका लागि उहाँहरूको ध्यानाकर्षण पत्र आएको छ,’ उनले भने, ‘यसमा हामी अध्ययन गरिरहेका छौं ।’

https://swasthyakhabar.com/story/31339

काठमाडौं- नेपाली औषधि उत्पादकले स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिने बताएका छन्।  आगामी पाँच महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ भण्डारण गरेर राखिएकाले औषधिको अभाव नहुने...

आत्तिनु पर्दैन, औषधिको अभाव हुन दिँदैनौ- व्यवसायी

नेपाल औषधि उत्पादन संघले विश्वका जुनसुकै मुलुकबाट कच्चा प्रदार्थ आयात गरेर भए पनि औषधिको अभाव हुन नदिने उद्घोष गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्म ३ महिना सम्म पुग्ने औषधि र कच्चा प्रदार्थ मौज्दात रहेको जानकारी दिदै औषधिको बारेमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेको हो ।संघका महासचिव बिप्लव अधिकारीले भारत र चीनबाट व्यापारिक दृष्टिकोणले सरल भएकोले कच्चा प्रदार्थ त्यहाँबाट खरिद गर्ने गरेको भएता पनि विश्वका अन्य मुलुकबाट पनि कच्चा प्रदार्थ ल्याउन सकिने बताउनुभयो ।

औषधि उत्पादक भन्छन् - नेपालमा तीन महिना बढीको औषधि मौज्दात छ

काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बीच सङ्घले औषधिको कमी हुन नदिने जनाएको हो । …