नेपाल औषधि उत्पादन संघले विश्वका जुनसुकै मुलुकबाट कच्चा प्रदार्थ आयात गरेर भए पनि औषधिको अभाव हुन नदिने उद्घोष गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्म ३ महिना सम्म पुग्ने औषधि र कच्चा प्रदार्थ मौज्दात रहेको जानकारी दिदै औषधिको बारेमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेको हो ।संघका महासचिव बिप्लव अधिकारीले भारत र चीनबाट व्यापारिक दृष्टिकोणले सरल भएकोले कच्चा प्रदार्थ त्यहाँबाट खरिद गर्ने गरेको भएता पनि विश्वका अन्य मुलुकबाट पनि कच्चा प्रदार्थ ल्याउन सकिने बताउनुभयो ।