नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेका हुन् ।