नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा उपलब्ध हुने छन । यसमा भएको ४.९