रोयल इन्फिल्डको मेटियर ३५० नेपालमा सार्वजनिक भएको छ ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले सो मोटरसाइकललाई बुधवार नेपाली बजारमा सार्वजनिक गरेको हो ।
फाइरबल, स्टेलर र सुपरनोभा गरी ३ भेरियन्टमा यो बाइक नेपाली बजारमा उपलब्ध छ । यस्तै ७ वटा कलर अप्सन रहेको छ । ग्राहकले उपलब्ध ७ रंगमध्ये आफूलाई मन पर्ने रंग छनोट गर्न सक्छन् ।
मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको...