१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आएको लोकस यस वर्ष पनि माघको दोस्रोसाता आयोजना गर्ने तयारी गरिएको छ ।  ३ दिने प्रविधि मेला आयोजना हुनुभन्दा अगाडि प्रि-ईभेन्टको रूपमा विभिन्न प्रतियोगिता, वर्कशप, टक शो, क्विज लगायतका कार्यक्रम आयोजना हुनेछन् ।  यसअघि प्रिइभेन्टको रूपमा हार्डवेयर फ्लोसिप, सफ्टवेयर फ्लोसिप, भिडियो वर्कशप र...

सम्बन्धित सामग्री

प्रदर्शनीमा राख्न नयाँ भेराइटी र डिजाइनका सामान तयार छन्

बुधबारदेखि दसैँको छेको पारेर काठमाडौंको भृकुटीमण्डपमा फर्निचर एक्स्पो आयोजना हुँदै छ । नेपाल फर्निचर तथा फर्निचर संघ (एनएफएफए)ले नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) मा एक सयभन्दा बढी स्टल रहने जनाइएको...

मिस गुरुङको पाँचौ संस्करणको तयारी पुरा

मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृग...

लण्डनमा नेपाली मेला सम्पन्न, तस्बिरमा हेर्नुहोस्

नेपाल र नेपालीको संस्कृति, रहनसहन र पहिचान बोकेको  १३ औं संस्करणको नेपाली मेला लन्डनको  केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न भयो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेलामा जातीय तथा सामाजिक संघसंस्थाले आ-आफ्नो मौलिक कला संस्कृति, भेषभूषा, रहनसहन र परम्परालाई झल्काउने खालका विविध प्रस्तुतिहरुको प्रदर्शन गरेका थिए । मेलामा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो । यस

आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता आयोजना हुँदै

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । “यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।  ५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैन् । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार बिस्तारमा पनि एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

प्लाष्टिक प्रदर्शनीको आयोजना हुँदै

प्लाष्ट नेपाल फाउण्डेसनले जेठ १२, १३ र १४ गते राजधानीको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’  हुने भएको छ । सो क्रममा प्लाष्टिक प्रदर्शनीको आयोजना हुने आयोजकले जनाएको छ ।  तेस्रो संस्करणको प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीसहित करिव १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन

शनिवारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आगामी शनिवारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (ई पान)को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ई पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन […]

पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अयोजनामा आज (मंगलबार) पल्सर स्पोर्टस अवार्ड हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १८औं संस्करणको स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार खेलकुद मञ्च एनएसजेएफले जनाएको छ । २०५२ साल भदौ २५ मा स्थापना भएको एनएसजेएफले २०५३ सालदेखि यो कार्यक्रम आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण […]

बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै

शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को आयोजना गर्ने भएको छ । होटल याक एण्ड यतीमा पुस ८ गते बिहिवार आयोजना हुने कन्क्लेभमा ३ महत्वपुर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन ।  दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ । कार्यक्रममा आइटी...

टोकियो ओलम्पिकमा नेपालको खेल

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गीष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुँदै छ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियल जापानमा भेला हुने क्रममा रहेका छन् । ८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबललगायतका सामूहिक खेल सुरु भइसक्नेछन् । नेपालबाट यसपटक टोकियो […] The post टोकियो ओलम्पिकमा नेपालको खेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.