नेपाल र नेपालीको संस्कृति, रहनसहन र पहिचान बोकेको १३ औं संस्करणको नेपाली मेला लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न भयो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेलामा जातीय तथा सामाजिक संघसंस्थाले आ-आफ्नो मौलिक कला संस्कृति, भेषभूषा, रहनसहन र परम्परालाई झल्काउने खालका विविध प्रस्तुतिहरुको प्रदर्शन गरेका थिए । मेलामा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो । यस