१६ वर्षदेखि लण्डनको डार्डफोडमा बस्दै आएका इलामको देउमाई नगरपालिका पानिटारका गजेन कटुवाललाई हरेक चाडपर्वले नेपालको याद दिलाइदिन्छ । दैनिक १० घण्टा काम गरेर पनि उनी नेपाली चाडपर्वका लागि समय छुट्याउँछन् । दशैंमा नेपालबाट बुबाआमा ल्याउने साथीभाइ कहाँ गएर टिका लगाउने गरेको उनी सुनाउँछन् । विदेशी भूमिमा कामलाई विशेष प्राथमिकता दिइन्छ । शनिबार र आइतबार मात्र […]