धौलागिरि गाउँपालिका–१ मा पर्ने चुरेन र गुर्जा हिमाल फेदीको बस्ती गुर्जामा विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाइब्रिड स्याउ खेती गरिएको छ । गुर्जाका सबै २ सय ६० घर आबद्ध भएको हिमाली कृषि सहकारी संस्थाले नाङ्लीबाङमा १० रोपनी क्षेत्रफलमा इटालीबाट ल्याइएका ८ सयभन्दा बढी स्याउका बेर्ना रोपेको हो ।