म्याग्दीको अति विकट गुर्जा र मुदीको बगरबाट सोमबार मतपेटिका ल्याइने

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकाको अति विकट गुर्जा र मुदीको बगरबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। सडक सञ्जालले नछोएको वडा नं १ गुर्जा र वडा नं ४ मुदीको बगरबाट सोमबार बिहानमात्रै मतपेटिका सदरमुकाम बेनीतर्फ ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्धारित समयमै मतदान शुरु भई साँझ ५ बजे सकिए पनि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाइका कारण आज साँझ मतपेटिकासहित टोली सदरमुकाम आउन असम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए।‘हेलिकप्टरबा

सम्बन्धित सामग्री

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडक निर्माण

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर […]

काम सुरु गरेको ४३ दिनमै सकियो गुर्जा खानेपानी आयोजना

म्याग्दी : धवलागिरी गाउँपालिका-१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो। गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ। यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन…

कठिन भूगोलले विकासमा ओझेल परेको गुर्जा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा दुर्गम बस्तीको रूपमा परिचित छ । गुर्जा जिल्लाको एकमात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको गुर्जाका स्थानीयमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना छ । गुर्जाबासी सरकारी सेवा लिन गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवती […]

गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध

काठमाडौँ,२३ असोज । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो । मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले […]

लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो

गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ । लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले […]

बजेट नहुँदा रोकियो लुलाङ-गुर्जा सुरुङमार्गको सर्भे

म्याग्दी : लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्भर्को काम रोकिएको छ।लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङमार्गका लागि दुई अर्ब ६ करोड रुपैयाँ लाग्ने र उक्त रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्भेको काम नै रोकिएको धवलागिरि गाउँपालिका-१ का वडा अध्यक्ष भकबहादुर छन्त्यालले बताए।‘सुरुङमार्गको सर्भे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ। सुरुवाती प्रक्र

आर्थिक अभावका कारण लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वे नै रोकियो

म्याग्दी । म्याग्दी जिल्लाको अत्ति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम आर्थिक अभावका कारण रोकिएको छ । लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गको लागि २ अर्ब ६ करोड रुपैयाँ लाग्ने भएको छ । तर सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका […]

ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल

म्याग्दी, २७ मङसिर: धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रवेशविन्दु हो ।-तस्बिर : सन्तोष गौतम-रासस

गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थाल्यो, तटीय क्षेत्रमा जोखिम

म्याग्दी : पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बगे तटीय क्षेत्रका दर्जनौं बस्ती जोखिममा पर्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताएका छन्। खोलाबारे थप सूचना लिने प्रयास भैरहेको उनको भनाइ छ।म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा खोला पहिरोले शनिवार ५ बजेदेखि थुनिएको हो। धवलागिरि गाउँ

पहाड खसेर गुर्जा नदी थुनियो, तटीय क्षेत्रमा जोखिम

म्याग्दी : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनिएको छ।धाैलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएको छ। नदी थुनिएर ठूलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए।गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ। तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुन सक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छन्त