पहाड खसेर गुर्जा नदी थुनियो, तटीय क्षेत्रमा जोखिम

म्याग्दी : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनिएको छ।धाैलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएको छ। नदी थुनिएर ठूलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए।गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ। तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुन सक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छन्त