पर्सा : अवैध व्यापारका कारण बदनाम आर्थिक नगरी वीरगञ्जमा वैध व्यापार प्रोत्साहन गर्न सरोकारवालाहरूले जोड दिएका छन्। वैध व्यापार कायम गर्न राज्य र निजी क्षेत्रबीच दरिलो सहकार्य हुनुपर्ने बताइएको छ। अवैध व्यापारले वैध व्यापारलाई सधैँ लल्कारिरहेकाले सीमावारी नेपाली बजार वीरगञ्जमा वैध व्यापारमा जोड दिनुपर्ने सहभागीहरूको सुझाव छ।निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरणका लागि बिहीबार वीरगञ्ज उद्योग वाणिज्य संघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन