नेपाली गरगहनाको निर्यात प्रवद्र्धनका लागि सीपमूलक तालिम दिलाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलबीच आज भएको छलफलमा यस्तो आवश्यकता औँल्याइएको हो ।