दाङ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि दाङमा ८ जना महिला उम्मेदवार छन् । त्यसमा पनि दाङका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा महिला मुख्य प्रतिस्पर्धामा छन् । विकास निर्माणसँगै महिलाका सवाल उनीहरुका मुख्य चुनावी एजेन्डा रहेका छन् ।
दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले)की शान्ता चौधरी, क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा माओवादीको रेखा शर्मा र क्षेत्र नं ३ मा एमालेकी कोमल वली पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं १ मा एमालेकी...