नेपाल उद्योग परिसंघले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई सम्मान गरेको छ ।
बिहीवार राजधानीमा कार्यक्रम आयोजना गरी परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई सम्मान तथा स्वागत गरेको हो ।
समारोहमा अध्यक्ष मोर, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, परिसंघका पर्यटन कमिटी संयोजक पम्पा धमला, परिसंघका उपाध्यक्ष्यहरु अनुज अग्रवाल,राजेशकुमार अग्रवाल,सुलभ अग्रवाल र वीरेन्द्र पाण्डेको उपस्थिती थियो ।