विराटनगर। विराटनगर महानगरपालिकाबाट सोमवारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति सेवा शुरू भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरेकी हुन् । वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति सेवा शुरू गरिएको महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाले जानकारी दिए ।
२०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह गर्ने कार्य शुरू गरिएको उपमेयर कार्कीले बताइन् । स्थानीय तहबाट श्रम स्वीकृति शुरू भएसँगै वैदेशिक रोजगारीमा जानेका लागि सहज भएको उनको भनाइ छ ।
काठमाडौं : वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले रोजगारदाता देशबाटै श्रम स्वीकृत लिन पाउने भएका छन्। एकपटक श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीले रोजगारदाता देशबाट पुन: श्रम स्वीकृत लिन सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार ऐन,२०७४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा श्रम स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था छ। यसअघि एकपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए
काठमाडौं : सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रिस्तरीय निर्णय गरेका छन्।मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीति
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन पाएका थिएनन् ।&nb
वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए । यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातीसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ । श्रम, रोज
काठमाण्डाै - वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएकाे छ ।
काठमाण्डाैकाे ताहाचलमा रहेकाे वैदेशिक राेजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएकाे हाे ।
२०७७ साल पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेकाे हाे ।
श्रम स्वीकृतिलाई 'फेसलेस', 'पेपरलेस' र 'क्यासलेस' बन...
काठमाण्डाै – वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएकाे छ । काठमाण्डाैकाे ताहाचलमा रहेकाे वैदेशिक राेजगार कार्यालयले भाेलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएकाे हाे ।
वि.सं. २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेकाे हाे । श्रम स्वीकृतिलाई 'फेसलेस', 'पेपरलेस' र 'क्यासलेस'...
काठमाडाैं : वैदेशिक रोजगार कार्यालय ताहाचलमा पुन: श्रम स्वीकृति लिनेको थामिनसक्नु भीड लागेकाे छ।निषेधाज्ञाबीच कार्यालयले भाैतिक उपस्थितीमै पुन: श्रम स्वीकृति लिने व्यवस्था गरेपछि सेवाग्राहीकाे थामिनसक्नु भीड लागेकाे हाे। भौतिक उपस्थितीमै सेवा दिन थालेको कार्यालयले सुरक्षाका मापदण्ड नअपनाउँदा सेवाग्राहीलाई काेराेना संक्रमणको जोखिम भने बढेकाे छ।