मलेसियाको श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रिस्तरीय निर्णय गरेका छन्।मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीति

सम्बन्धित सामग्री

आगामी सातादेखि ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने

दोहा – अब ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली दूतावास, मस्कट, ओमानबाट आगामी साता (जेठ १८ गते) बिहीबारदेखि पुनः श्रम स्वीकृति प्रदान गरिने दूतावासले जनाएको छ छ। दूतावासका अनुसार पुनः श्रम स्वीकृतिका लागि […]

बहराइनबाट पुनः श्रम स्वीकृति जेठ १ गतेदेखि

दोहा – बहराइनबाटै पुनः श्रम स्वीकृति दिन सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनः श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ । दूतावासका अनुसार गन्तव्य मुलुकमा रहेको नेपालीलाई कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम बहराइनमा सोमबार अर्थात् […]

सरकारको निर्णय कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौँ । भोलि आइतबारदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदले गत पौष ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने

मलेसियाको श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मलेसियाका लागि पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मलेसियाका लागि करिब दुई वर्षदेखि श्रम स्वीकृति रोकिएकोमा पुन: सुरु गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठको सचिवालयअनुसार मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन,...