नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एंव सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।