गृहजिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध राँके जुलुस

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा उनीविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस निकालेका हुन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको...

सम्बन्धित सामग्री

मतगणनाको माग गर्दै दोलखामा राँके जुलुस

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको मतगणनाको माग गर्दै गठबन्धन दलका युवा संगठनले राँके जुलुस गर्दै विरोध जनाएका छन्।  निर्वाचन सकिएको ३ दिन भैसक्दा पनि मतगणना सुरु नगरेको भन्दै...

गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ ।नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो । राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो ।

महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले […]

महंगीको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगीको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ। दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन्। युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म […]

मूल्यवृद्धिको विरोधमा युवक संगठन नेपालले निकाल्यो राँके जुलुस (तस्बिरहरु)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट भ्रातृ संगठनले हेटौंडामा राँके जुलुस निकालेको छ । राप्रपाको भ्रातृ संगठन नेपाल युवक संगठन मकवानपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा मंगलबार हेटौंडाको कान्तिराजपथदेखि सिमाचोकसम्म्म राँके जुलुससहित प्रदर्शन गरेको हो ।हेटौंडाको कान्तिराजपथबाट निकालेको राँके जुलुस बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संगठनले राँके जुलुससहित पेट्रोलियम पदार्थ मूल्यवृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र घुसखोरिलाई कारवाही गर्न माग

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिविरुद्ध राँके जुलुस (फाेटाे फिचर)

काठमाडौं : पेट्रोलियम पदार्थमा बारम्बार भइरहेको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले राँके जुलुस निकालेको छ।काठमाडौंको नेपाल कमर्श क्याम्पस मीनभवनमा आज बेलुकी राँके जुलुस प्रदर्शन गरेको हो।

दैलेखमा विप्लव समूहद्वारा राँके जुलुस

सुर्खेत  । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ ।  दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो । भोलि १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ ।  राँके जुलुस सँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए ।दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ भने सदरमुकाम आसपासका गाउँमा पनि विप्लवले राँके जुलुस निकाले

संसद पुनर्स्थापना पक्षमा धनकुटामा राँके जुलुस

१८ पुस, काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै धनकुटामा राँके जुलुस निकालिएको छ । नेकपा प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले राँके जुलुस निकालेका हुन् । शनिबार साँझ राँके जुलुस निकाल्ने क्रममा अर्को समूहका विद्यार्थीहरुसँग झपडकै अवस्था आएको थियो । तर, प्रहरीले रोकेपछि प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।