माघ १३, काठमाडौं । गुडवील फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ९ प्रतिशत नगद लाभांश पुस १५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।
पुस १५ गतेपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा हुने जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीकाले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध गरेको छ ।
त्यसपछि नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुनेछ ।
कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।