हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्टले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट करसमेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँको आधारमा १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । फागुन २७ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाएका छन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिकपश्चात मात्र जम्मा हुने जानकारी कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा नगद लाभांश प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस […]

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज क्यापिटलको निर्णय

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र

सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८-९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश […]

बोनस सेयर कि नगद लाभांश

पछिल्लो समय बैंकहरूले धमाधम सेयर बोनस वितरण गरिरहेका छन् । लाभांशको ३० प्रतिशतमात्र नगद लाभांश वितरण गर्न पाइने प्रावधानअनुसार बैंकहरूले अधिकतम बोनस सेयर वितरण गरिरहेका हुन् । यसरी बोनस सेयर वितरण गर्दा बैंकहरूको चुक्ता पुँजी बढे पनि बजारमा नगद प्रवाह हुन सकेको छैन । लाभांशको रूपमा आएको रकम लगानीकर्ताहरूसँग नपुग्दा एक त मानिसहरूको हातमा क्रयशक्ति […]

बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई बोनस सेयर वितरणमा प्रोत्साहन गरेको हो ।कार्यविधिमा ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । […]