बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ।बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोली र तस्करबीच सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए।गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक