तस्वीर :  म्याग्दीको बेनीस्थित ज्यामरुककोटको फापरखेत गाउँ

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेत गाउँ । अर्ग्यानिक खेती प्रणाली र परम्परागत जीवन शैली रहेको यो गाउँ जिल्लाको ऐतिहासिकस्थल खड्गभवानी कोतको पुच्छरमा रहेको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

म्याग्दीको बेनी नगरपालिकाको लोगो सार्वजनिक

म्याग्दी, २५ जेठ । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गरे । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो । प्राप्त भएका तीन […]

तीन महिनादेखि अवरुद्ध म्याग्दीको बेनी–भकिम्ली सडक अझै खुलेन

म्याग्दी - गएको जेठ अन्तिम हप्ता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौँडा र खुर्सानीबारीमा गएको पहिराेका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौँडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौँडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारीमा पहिराेले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो । पहिराेले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखि...

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती ।

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । पछिल्लो समय कोप्रे झरना नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर : रासस

म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]

म्याग्दीको बेनी नगरप्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी

म्याग्दीको बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले छ हजार २३० र उपप्रमुखमा एमालेकी […]

म्याग्दीको बेनी नगरको मेयरमा एमाले र उपमेयरमा गठबन्धन विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरत केसी र उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी हुनु भएको छ । मेयरमा विजयी के.सी.ले ७ हजार ६०३ मत र उपमेयरमा विजयी लामिछानेले ७ हजार ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनु भएको छ । मेयरमा प्रतिस्पर्धी नेपाली कांग्रेसका […]

म्याग्दीको बेनी–जोमसोम सडक दुई सातापछि खुल्यो

म्याग्दी । म्याग्दीको बेनी–जोमसोम सडकमा दुई सातापछि सवारी सूचारु भएको छ । अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरी पहिरो पन्छाएपछि आजदेखि सडक सूचारु भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका राहुघाट, गलेश्वर, अन्नपूर्ण गाउँपालिका रुप्से छहरालगायतका स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीसँगै मुस्ताङबासीले ठाउँ […]

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

म्याग्दी, जेठ ३। म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको हो । अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । साथै तीव्ररूपमा फैलिएको कोरोनाका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका […]

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको हो । अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । साथै तीव्ररूपमा फैलिएको कोरोना (भाइरस)का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले बताएको छ । विभिन्न संघसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्वार प्रणालीबाट कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर संकलन भइरहेको छ,’ उनले भने । बेनीबजारमा प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ । आठओटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ ओटा सिलिण्डर भरिएको र १० ओटा खाली सिलिण्डर संकलन गरिएको म्याग्दीका प्रहरी प्रमुख (डीएसपी) श्यामकुमार राईले बताए । संकलन गरिएका २२ थान अक्सिजन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिएको डीएसपी राईले बताए । कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्नेगरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको उनको भनाइ छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको शøयामा अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ ओटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता राख्छ ।