म्याग्दी - गएको जेठ अन्तिम हप्ता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौँडा र खुर्सानीबारीमा गएको पहिराेका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौँडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौँडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारीमा पहिराेले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो ।
पहिराेले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखि...