स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिनुअघि वहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिने कि उम्मेदवारी घोषणा गरेपछि पद निस्क्रिय हुने भन्ने बहस निर्वाचन आयोग र कानुन मन्त्रालयबीच चलिरहेको छ आयोगले स्थानीय तहका जनप्रतिनिधिले ३० वैशाखको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अस्वीकार गर्दै …