नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी ...