२७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।
प्रचण्डलाई भेट्न सिंह बिहीबार बिहान उनको निवास खुमलटार पुगेका थिए । दुईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र …