रौतहटको देवाहीगोनाही नगरपालिकाको कार्यपालिका निर्वाचनमा वाम गठबन्धन

रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । देवाहीगोनाही नगरपालिकामा वाम गठबन्धन गरेर कम्युनिस्ट समर्थित आठैजना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।देवाही गोनाहीमा कार्यपालिका सदस्यको निर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका दुई, माओवादीका ३ र एकीकृत समाजवादीका ३ जना उम्मेदवार निर्वाचित भएका हुन् ।महिलातर्फ कार्यपालिकाको जिम्मे

सम्बन्धित सामग्री

प्रचण्डको ४ बुँदे रिपोर्ट : फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको निष्कर्ष

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक  घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले  वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई  हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त  बताएका थिए । बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउ

वाम गठबन्धन भएमात्र  मुलुकले निकास पाउँछ : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर वाम गठबन्धन  भएमात्र  मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सो कुरा बताएकी हुन् । शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स–सना पसल थापिरहँदा वामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताइन् ।&ls

बार्गेनिङका लागि वाम गठबन्धन गर्ने माओवादीको हल्ला : उपाध्यक्ष ज्ञवाली

कञ्चनपुर : नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संघ र प्रदेशको चुनावमा वाम गठबन्धन नहुने बताएका छन्।बिहीबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको सम्मेलनमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)कै कारणले बाम गठबन्धन सम्भव नरहेको बताएका हुन्। ‘एउटै विचार भएकाहरू एक हुनुपर्छ, एउटै समूह बनाएर हिँड्नुपर्ने आवश्यकता त हो’, उनले भने, ‘तर आफूलाई वामपन्थी भन्नेहरूकै कारणले वाम गठबन्धन सम्भव छैन, कांग्रेससँग बार्गेनिङ गर्नका लागि माओवादीले

नेकपा एस सचिवालय बैठकः वाम गठबन्धन गर्नुपर्नेमा जोड

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) मा हालको पाँच दलीय गठबन्धनमै रहने कि वाम गठबन्धन बनाउने भन्ने बहस सुरु भएको छ। नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरिरहँदा नेकपा एसले गठबन्धनकै विकल्प खोज्दै आगामी निर्वाचनमा कसरी अगाडि ...

फेरि वाम गठबन्धन, देउवालाई ०७४ दोहोरिने डर !

काठमाडौं : ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेससँगको सहकार्यमा थियो। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन र संयुक्त सरकारलाई भत्काएर ०७४ मंसिरमा भएको प्रदेश र संघीय निर्वाचनमा एमालेसँग वाम गठबन्धन मात्रै गरेनन् पार्टी नै एकता गरे। एमाले-माओवादी गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्यायो भने कांग्रेसलाई २३ सिटमा झारिदियो। एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बने। आलोपालो सरकार र स

कांग्रेस सहभागी नभए वाम गठबन्धन हुनसक्छः मन्त्री खतिवडा

गोरखा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन्। गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे। ‘अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो,’ उनले भने, […]

काँग्रेस सहभागी नभए वाम गठबन्धन हुनसक्छ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे ।“अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि काँग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।&r

काँग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

गोरखा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरूको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे । ‘अहिलेको मुख्य आवश्यकता र प्राथमिकता काँग्रेससहितको गठबन्धन […]

‘आउँदो चुनाव जित्न फेरि वाम गठबन्धन’ : रिजाल

काठमाडौं : पार्टीको नाम नै गुम्ने गरी विभाजन भएको सत्ताधारी समूहका केन्द्रीय सदस्य विष्णु रिजालले अब हुने चुनावमा फेरि वाम गठबन्धन बनाउनुपर्ने धारणा राखेका छन्। सामाजिक सञ्‍जाल ट्वीटरमा रिजालले 'वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण गर्नुपर्ने' लेखेका हुन्।साथै, विगतमा निस्क्रिय रहेका पार्टी संरचनाहरूको पुनर्स्थापना र सञ्चालन एवम् गत निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम