एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा दियो निवेदन

जेठ १६, काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले रू. २० करोड बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि जेठ ११ गते सेबोनमा निवेदन दिएको हो । कमपनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा २०८५ सम्मका लागि ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट स्वीकृति पाएपछि कुल २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तबरबाट विक्री गर्नेछ । 

सम्बन्धित सामग्री

साढे १० प्रतिशत ब्याज पाइने एभेष्ट बैंकको ऋणपत्र आजबाट

१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा […]

एभरेष्ट बैंकले साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने

१० साउन, काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिको १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गिर्ने भएको छ ।  बैंकले १८ साउनदेखि  २ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्कान गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता  ऋणपत्र निष्कासन गर्न लागेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाद दिएको  ऋणपत्रमा लगानी गर्नेले […]

लक्ष्मी क्यापिटल र एभरेष्ट बैंकबीच ऋणपत्र निष्कासन सम्झौता

काठमाडौं (अस) । लक्ष्मी क्यापिटल मार्केट र एभरेष्ट बैंकबीच ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता गरिएको छ । दुई संस्थाबीच २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि सम्झौता गरिएको हो । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख एकाइ ऋणपत्र विक्री गर्ने बैंकले जानकारी दिएको छ । ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता  व्यक्तिगत तबरबाट विक्री गरिने बैंकले बताएको छ । ६ वर्ष अवधिमा वार्षिक साढे १० प्रतिशतका दरले ३/३ महीनामा ब्याज भुक्तानी हुने अवधि राखिएको बैंकको भनाइ छ ।

एभरेष्ट बैंकले गर्‍यो ८ वर्षे अवधिको ऋणपत्र बाँडफाँट

फागुन ४, काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बाँडफाँट गरेको छ ।  कम्पनीले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको प्रशोधन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार बाँडफाँट गरेको जानकारी दिएको छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८ वर्षे अवधिको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र - २०८६ नामक ऋणपत्र प्रतिकित्ता रू. १ हजार अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।  जसमध्ये कम्पनीले १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको छ भने ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गरेको छ ।

६ ओटा कम्पनीहरुद्वारा १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी

भदौ ७, काठमाडौं । धितोपत्र बजारमा चार ओटा वाणिज्य बैंक सहित ६ ओटा कम्पनीहरुले १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी गरेका छन् । कामना सेवा विकास बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकले उक्त कित्ता ऋणपत्र विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । यी मध्ये सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकको निवेदन स्वीकृत प्रकृया अन्तिम चरण रहेको छ । सेञ्चुरी बैंकले २०७७ साल असोज २२ गते रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएकोमा सोही वर्ष मंसिर १७ गते नै बोर्डको प्रतिक्रिया प्राप्त गरेपनि हालसम्म स्वीकृति पाएको छैन । बोर्डले केही प्रकृया अझै बाँकी रहेकाले सेञ्चुरी बैंकको ऋणपत्र स्वीकृति प्रकृया रोकिएको जानकारी दिएको छ ।  त्यस्तै, २०७८ साल जेठ २४ गते रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको सिभिल बैंकले र २०७८ साल असार ११ गते रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्रीको लागि निवेदन दिएको गरिमा विकास बैंकले एकै दिन साउन २१ गते बोर्डबाट प्रतिक्रिया प्राप्त गरिसकेका छन् । बोर्डको प्रतिक्रिया बमोजिमको प्रकृया पूरा गर्न बाँकी रहेकाले यी बैंकहरुको ऋणपत्र स्वीकृति रोकिएको हो । बाँकी, तीन ओटा कम्पनीको निवेदन भने प्रारम्भिक चरणमै रहेको छ । कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन दिएको हो । त्यस्तै, एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि साउन २० गते र एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि साउन २४ गते निवेदन दिएको हो ।  कुल कित्तामध्ये सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री हुनेछ भने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ । कामना सेवा बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सामूहिक लगानी कोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।  त्यस्तै, एभरेष्ट बैंकले ८ वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल २० लाख कित्तामध्य ८ लाख सर्वसाधारणका लागि र १२ लाख परिपत्र विधिका लागि छुट्याएको छ । त्यस्तै, एनएमबि बैंकले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको ऊर्जा बण्डका नामको ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणका लागि र २१ लाख परिपत्र विधिका लागि छुट्याएको छ । सेञ्चुरी कमर्सियल बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको २२ लाख कित्ता ऋणपत्र मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र १३ लाख २० हजार कित्ता विभिन्न संघ संस्थाहरुमा विक्री गर्नेछ ।  सिभिल बैंकले पनि ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ३० लाख कित्तामध्ये १२ लाख सर्वसाधारणमा र १८ लाख विभिन्न संघसंस्थाहरुमा विक्री गर्ने भएको छ । गरिमा विकास बैंकले भने ७ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणमा र ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुमा जारी गर्नेछ । लामो समयसम्मका लागि निश्चित ब्याजदर उल्लेख गरी रकम जुटाउन सकिने सरल माध्यम भएकाले पनि कम्पनीहरुले ऋणपत्र निष्कासनलाई प्राथमिकतामा राखेका छन् । यसअघि वाणिज्य बैंकको हकमा चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था थियो ।  यस वर्षदेखि भने वाणिज्य बैंकहरुको अतिरिक्त राष्ट्रिय स्तरको विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुमा पनि ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएको छ । यस वर्षको मौद्रिक नीतिले यी कम्पनीहरुले पनि आफ्नो चुक्तापूँजीको २५ प्रतिशतसम्म ऋणपत्र विक्री गर्न पाउने भएका हुन् ।  यो व्यवस्थाले अवका दिनमा ऋणपत्र निष्कासनले अझै तिव्रता पाउनेछ । यस अघिको अवस्थालाई हेर्दा गत आर्थिक वर्षमा मात्र २३ कम्पनीहरुले ६ करोड ९६ लाख कित्ता ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन समेत गरिसकेका छन् । यसअघि पनि वाणिज्य बैंक सहित विकास बैंक र वित्त कम्पनीले पनि ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन गरेका थिए ।                                                                              स्रोतः नेपाल धितोपत्र बोर्ड

एभरेष्ट र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन २८, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा दुई ओटा कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।  एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २० गते निवेदन बोर्डमा दिएको हो ।  कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी, एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २४ गते बोर्डमा निवेदन दिएको हो । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।  बैंकले ४ प्रतिशत ब्याजदरमा आगामी १५ वर्ष सम्मको लागि इनर्जी बोण्ड निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।