फागुन ४, काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बाँडफाँट गरेको छ ।
कम्पनीले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको प्रशोधन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार बाँडफाँट गरेको जानकारी दिएको छ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८ वर्षे अवधिको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र - २०८६ नामक ऋणपत्र प्रतिकित्ता रू. १ हजार अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
जसमध्ये कम्पनीले १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको छ भने ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गरेको छ ।