काठमाडौं : संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पुनः बयान लिने भएको छ।कानुन व्यवसायीले दिएको बिहीबार दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो। बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए। समितिले वरिष्ठ अधिवक्तारू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो।बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराबिरुद