बिहिबार नेपाली काँग्रेसका काठमाडौंँ जिल्ला सभापति सबुज बानियाँ काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका सभापति, २० प्रदेशसभा सभापति, काठमाडौंका महानगरसहित ११ नगर सभापति र पार्टीका भ्रातृ संस्थाका काठमाडौं जिल्ला अध्यक्ष सहभागि काठमाडौ जिल्ला कार्यसमितिको बैठकमा छलफलमा व्यस्त थिए । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आन्तरिक तयारीबारे सो बैठक केन्द्रीत थियो । काठमाडौंका स्थानीय तहमा काँग्रेसका उम्मेदवार छनोट, गठबन्धन दलसँग सहकार्य र यही चैत २६ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्र