शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो