एजेन्सी । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् । उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो