१ पुस, पोखरा । मापदण्डबिना नदीजन्य पदार्थ उत्खनन गर्दा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको लाहाचोक सबस्टेसन जोखिममा परेको छ । सबस्टेसन नजिकै इदी खोला किनारमा सञ्चालित गण्डकी एग्रोगेट क्रसरले गर्दा सबस्टेसन नै जोखिममा परेको हो । ०७५ सालदेखि नै उक्त क्रसर उद्योगले निरन्तर रुपमा नदी उत्खनन हुँदै आए पनि गाउँपालिकाबाट अनुमति नै नलिएको पाइएको छ । […]