‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ...
२१ साउन, काठमाडौं । भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न पोखरी पदयात्रा आयोजना गरेको छ ।
‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको नगरपालिकाले जनाएको छ । पदयात्रा …
काठमाडौं । भक्तपुरका पोखरीहरुमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले पोखरी पदयात्रा गरेको छ । भक्तपुर नगरपालिकाका १० वटै वडामा केही मिनेटकै दूरीमा पोखरी भेटिन्छन् । ‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । पदयात्राका क्रममा १६ वटा पोखरीको […]
भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने […]
ढोरपाटन । पछिल्लो समय गाउँगाउँमा मोटर बाटो पुग्न थाले । विनाइञ्जिनीयरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणका साथै बाढी र पहिराको जोखिम बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् ।
पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुने पोखरी अहिले सुक्खा भएका छन् । घरघरमा धारा नहुँदा स्थानीयले पशुचौपायालाई पानी खुवाउने र सिँचाइका लागि गर्ने पोखरी अहिले सुक्खा हुन थालेका छन् ।
मौलिक परम्परासँग जोडिएका यस्ता सम्पदा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको छ ।
नगरपालिका-३ दमेकस्थित खालपोखरीको संरक्षण गर्नुका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालिएको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरी काम शुरू गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशले विनियोजन गरेको रू. १० लाखले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर पर्यटन पार्क, वनभोजस्थललगायत संरचना निर्माण गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
शर्माले यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा यसको प्रवर्द्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताए । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।
‘जैमिनीभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, धेरैजसो गन्तव्य स्थलमा नगरपालिकाको लगानीमा पूर्वाधार निर्माण भइसकेका छन्, अहिले नयाँ गन्तव्य निर्माण गर्दै छौं, पहिले यो पाखरीबाट पानी संकलन गरेर सिँचाइ गर्ने गरिन्थ्यो, वस्तुभाउलाई पानी खुवाइन्थ्यो, अहिले सुक्दै गएको छ,’ उपप्रमुख शर्माले भने, ‘अब योसँगै अन्य पोखरीको पनि संरक्षण गर्छौं, अहिले यहाँ पर्यटन पूर्वाधार निर्माण शुरू गरेका छौं, यसको प्रचारप्रसारलाई पनि तीव्र बनाउने र पर्यटक भित्र्याउने वातावरण तयार गर्छौं, यो पनि एउटा महत्त्वपूणर् गन्तव्य बन्ने आशा छ ।’ रासस
चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटमा रहेको पुरैनी तालमा जलपक्षीको संख्या घट्दै जान थालेको छ ।
हिउँदका बेला बसाइँ सारेर आउने जलपक्षीले भरिभराउ हुने तालमा यस वर्ष थोरैमात्रै जलपक्षी आएका छन् । ताल र त्यसको वरिपरिको क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपछि तालमा चराका प्रजाति घट्दै गएका हुन् । पहिला ३२ बिघा क्षेत्रफल भएको ताल खुम्चिँदै गएर २८ बिघामा सीमित भएको छ ।
चरा तालमा लामबद्ध भएर पौडिँदै, डुबुल्की मार्दै गरेको र ताल वरिपरि उड्दै गरेको दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ । 'चिसो मौसम शुरू हुनै लाग्दा पहिला पहाड छिचोल्दै ठूलाठूला हाँस प्रजातिका चरा तालमा आइपुग्थे,' स्थानिय बासिन्दा खड्कबहादुर चन्दले भने, 'गर्मी शुरू हुन थालेपछि मात्रै फर्कन्थे, पहिलेको जस्तो जलपक्षी आउने क्रमम केही वर्षयता कम हुँदै गएको छ ।'
'तालभरि कमल फुलेर मनमोहक हुन्थ्यो, त्यसमा चरा रमाउँदै गरेको दृश्यकले यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्थे, तालमा हुने कमल हरायो, चरा पनि हराउँदै गएका छन्,' उनले भने ।
उनका अनुसार तालमा माछाका धेरै प्रजाति पाइन्थे । एउटै माछाको तौल पाँच किलोभन्दा माथि नै हुन्थ्यो । अहिले पनि तालमा एक किलोसम्मका माछा पाइने गरेका छन् । तालमा भएका माछा र चरालाई निकटवर्ती क्षेत्रका भारतीयले आएर मार्ने गरेको लक्ष्मण खत्रीले बताए । 'लुकिछिपी आएर चरा मार्छन्, विषादीको प्रयोग गर्छन्,' उनले भने, 'माछा पनि मारेर लैजान्छन् ।
ताल संरक्षणमा कुनै पनि निकायले चासो नदिँदा ताल खुम्चिँदै जान थालेकोप्रति उनले चिन्ता व्यक्त गरे । तालमा ४८ प्रजातिका जलपक्षी पाइने गरेका छन् भने रैथाने जातका १० बढी प्रजाति पाइने गरेका छन् । मङ्सिर र पुस महिनामा चराको चाप ताल क्षेत्रमा अधिक हुन्छ भने, गर्मी बढ्दै जाँदा चराका प्रजाति पुरानै क्षेत्रमा फर्कंने भएकाले घट्छन् ।
हाल तालमा जलपक्षीको संख्या घटेर २० देखि ३० हाराहारीमा मात्रै देखा पर्ने गरेको स्थानीयको भनाइ छ । चराको बासस्थानमा खलल पुगेपछि जलपक्षीको संख्या घट्दै गएको नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले बताए ।
'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी ताल पछि जलपक्षीका धेरै प्रजाति पाइने पुरैनी हो', उनले भने, 'चराको बासस्थान व्यवस्थापन, ताल प्रतिवर्ष मासिँदै जान थालेकाले यसको सिमाङ्कनको काम गर्नुपर्छ, निकुञ्ज बाहिर रहेको ताल भएकाले स्थानीय तहले विशेष चासो दिनुपर्छ, यो सबैको सम्पदा हो, संरक्षण गरिनुपर्छ ।
'गत वर्ष बेलौरी नगरपालिकाले ताल क्षेत्रको केही भागलाई पोखरी बनाई आयस्तरमा वृद्धि गर्नका लागि सिद्देश्वर सहकारी संस्थालाई प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजनाअन्तर्गत रु दुई लाख ३१ हजार छ सय ५० अनुदान रकम उपलब्ध गराई तीन वटा पोखरी निर्माण गरी माछापालन गरिएको थियो । जसबाट सहकारीले रु दुई लाख एक हजार पाँच सय २० रकम आम्दानी गरेको थियो ।
स्थानीयले तालमा माछापालनको काम गरेपछि विरोध गरेपछि यस वर्ष भने माछापालनको काम गरिएको छैन । 'नगरपालिकाले ताल संरक्षण र माछापालनको जिम्मा दिएपछि गत वर्ष चरा संरक्षण गर्नका लागि एक जना व्यक्तिलाई खटाएको थियौँ', उनले भने, 'यस वर्ष माछापालनको काम गरिएको छैन ।'
'पहिला धेरै चरा तालमा आउथे', उनले भने, 'जलवायुको असर हुन सक्छ, त्यसैले चरा कम आएका हुन सक्छन्, चराको आहाराको कमी हुन सक्छ ।' तालको अर्को समस्या भने जलकुम्भीको रहेको छ । ताल पुरै जलकुम्भीले भरिँदै गएको छ । तालको पानी स्थानीयले खेतमा सिँचाइ गर्नका लागि प्रयोगमा समेत ल्याउने गरेका छन् ।
स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएका त्यसै आधारमा तालको नाम पुरैनी राखिएको स्थानीय बासिन्दाको भनाइ छ । नगरपालिकाका नगर उपप्रमुख कुलवीर चौधरीले तालको जैविक विविधता नष्ट हुन नदिनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
'संरक्षणको कामलाई गम्भीरतापूर्वक लिएका छौँ,' उनले भने, 'माछा मार्न पूर्णरूपमा निषेध गरेका छौँ, खेतीयोग्य जमिन सिमसार भयो भन्ने स्थानीयको गुनासो छ, त्यस कुरालाई पनि सम्बोधन गर्छौं ।' ताल र सीमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना रहेको उनले बताए । रासस
राज सिंह (२१) जनकपुरबाट काठमाडौ घुम्न आएका छन्।स्वयम्भू महाचैत्य लगायत ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने उनको योजना छ। यही योजना अनुरूप बिहीबार (असार १६, २०७९) का दिन उनी स्वयम्भूस्थित विश्वशान्ति पोखरी परिसरमा भेटिए। पोखरीमा त्यस्तो के छ, जसले मान्छेलाई तानिरहेको छ? पोखरीको वरिपरि रेलिङ लगाइएको छ, बिचमा शाक्यमुनि बुद्ध विराजमान हुनुहुन्छ। बुद्धका पाउमुनि चिटिक्क परेको भिक्षापात्र/दानपात्र छ। नेवारीमा यसलाई गुल्पा भनिन्छ। सुन्दा अचम्म लाग्नस
भक्तपुर । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झन्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवसायमा बल्ल आशा पलाउन थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ । विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको भक्तपुर नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन् ।
नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकविना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताए । पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ । नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ । होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्नेगरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ । यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन् । रात बस्नेगरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
विदेशी पर्यटकबाट वार्षिक करीब २६ करोड राजस्व संकलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी बेहोर्नुपरेको छ । केन्द्रका प्रमुख लासिवाले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा पर्यटन शुल्क करिब २६ करोड संकलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७/७८ मा जम्मा २९ लाखमात्रै उठ्यो ।’
पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी उनले दिए । पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउनमा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म १ हजार ९२३ पर्यटकको आगमन भइसकेको छ ।
पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक एक हजार ५०० रुपैयाँ पर्यटन शुल्क संकलन गर्दै आएको छ । विगत वर्षमा यहाँ सबैभन्दा बढी पर्यटक चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए ।
नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महŒवपूर्ण सम्पदाको पुनर्निर्माण पनि थालेको छ, जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनर्निर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनर्निर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ । नेपालमा अंग्रेजीको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ । अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्त्यतिर स्वदेश फर्कने गरेका छन् । केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करीब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन÷चार घण्टामात्रै बिताउने गरेका थिए । रासस
ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिर मल्लकालीन सीप अनि शैलीमा करिब करिब निर्माण सम्पन्न भएको छ । टन्न पानी भरिएको नीलो पोखरीको बीचमा ग्रन्थकुट शैलीको श्वेत मन्दिरले सहरको सौन्दर्यमा रौनक थपेको छ । पोखरीको ऐतिहासिक महìवको झल्को दिन नेपालका विभिन्न तीर्थस्थलको पवित्र जल ल्याएर रानीपोखरीमा राख्ने योजना पनि छ । यद्यपि रानीपोखरी पुनर्निर्माणको कथाले चाहिँ सम्पदा संरक्षणमा हाम्रो पहलमाथि प्रश्न उठाएर गएको छ ।
करिब पाँच वर्षअघिको कुरा हो, काठमाडौँ महानगरपालिकाले आधुनिक शैलीको पोखरी निर्माण कार्य अगाडि बढाएपछि सम्पदाप्रेमी लामो समय आन्दोलित भए । सडक प्रदर्शन, घेराउ र रस्साकस्सीपछि सरकारले पोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । सम्पदाप्रेमीको मागअनुसार उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढाउने गरी भक्तपुरका रैथाने कालीगढ झिकाइए । रानीपोखरीको पिँधमा पाँगो माटो, त्यसमाथि बालुवा अनि कालो माटोमाथि इँटा छापेर पोखरी बनाइयो । सिमेन्टको प्रयोगलाई बर्जित गरियो । पोखरी बनाउने यो परम्परागत शैली र सीप हो, जुन भक्तपुरवासीले जोगाएर राखेका छन् ।
रानीपोखरीमा डिप बोरिङको धमिलो पानी झारिरहेको तस्बिरले यति बेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । सम्पदा संरक्षणमा चासो राख्नेदेखि स्थानीयवासी समेतले बोरिङको पानीले पोखरी भर्नु दीर्घकालीन समाधान होइन भन्दै विरोध गरेका छन् ।