काठमाडौं : करिब चार दशकदेखि सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्य गरेजस्तै लाग्छ होला। निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले २०४२ सालमा डोटीको ढुङ्गाड र तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्दा सेतीबाट बिजुली निकाल्ने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए। ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाल