काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीविरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने भएको छ। विभागले सूचना जारी गर्दै समयमै जवाफ नदिए कारबाही गर्ने बताएको हो। विभागमा दर्ता भएका उजुरीमा पत्राचार, निर्देशन तथा आदेशको अटेर गर्दै आएकाले कारबाही गर्ने तयारी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले भने, ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबै