डाक्टर प्रिती भुषालको टोली सगरमाथा आरोहणका लागि प्रस्थान

काठमाडौं । डाक्टर प्रिती भुषालसहितको टोली सगरमाथा आरोहणका लागि प्रस्थान गरेको छ । कोभिड—१९ महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेका चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायत योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्न लागेको डाक्टर भुषालले बताइन् । 'हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौँ' भन्ने सन्देश विश्वभर छर्नका लागि एक...

सम्बन्धित सामग्री

सेनाको सफा हिमाल अभियान टोली पुग्यो सगरमाथा आधार शिविर

९ वैशाख, काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान–२०२४ टोली सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाईका लागि २ वैशाखमा काठमाडौंबाट स्याङ्ग्बोचे प्रस्थान गरेको टोली आइतबार सगमरमाथा आधार शिविर पुगेको हो …

हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली बिहीवार सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहोर संकलन शुरू गरिसकेको छ ।      बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।

सफा हिमालअन्तर्गत सेनाको टोली कञ्चनजंघामा

काठमाडौं : नेपाली सेनाका सदस्य टोलीले कञ्चनजङ्घा हिमाल (८‚५८६ मि.) सफल आरोहण गरेका छन्। शुक्रबार क्याम्प ४ बाट प्रस्थान गरेको टोली शनिबार आरोहण गर्न सफल भएको हो।सेनाको अगुवाइमा सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालहरूको सफाइका क्रममा ती हिमाल नेपाली सेनाका सदस्यहरूले आरोहण गर्ने योजनाअनुरूप आरोहण गर्न सफल भएको नेपाली सेनाले जनाएको छ।आरोहण टोलीमा नेपाली सेनाका सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापा तथा शेर

सगरमाथा आरोहण गर्न डा प्रिती भुषालसहितको टोली लुक्लामा

सर्वोच्च शिखर सगरमाथामार्फत महत्वपूर्ण सन्देशहरू विश्वभर प्रवाह गर्न डा प्रिती भुषालसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। यात्राको पहिलो दिन डा भुषालको टोली लुक्ला पुगेको छ।

आठ सदस्यीय आइसफल डाक्टर आधार शिविर प्रस्थान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि बाटो बनाउन विशेषज्ञ आइसफल डाक्टरहरुको टोली आधार शिविर प्रस्थान गरेको छ । आरोहणको सिजन सुरु हुनै लाग्दा अनुभवी शेर्पा (आइसफल डाक्टर)हरुको टोली दुई वर्षपछि सगरमाथा आधार शिविर प्रस्थान गरेको हो ।

सगरमाथा जाने बाटो बनाउन आइसफल डाक्टरको टोली आधार शिविर प्रस्थान

सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।

खराब माैसमका कारण भारतीय चलचित्र छायाङ्कन टोली लुक्लामै रोकियो

काठमाण्डाै – मौसम प्रतिकूल भएपछि भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टोली लुक्लामा रोकिएको छ । झण्डै ८५ जना चलचित्रकर्मी खुम्बु क्षेत्रमै रोकिएका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो । तर मौसमका कारण उडान प्रभावित भएको छ । हिजो केही कलाकार फर्किए पनि अरु रोकिएका छन् । गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो । भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित...

सगरमाथा चढे बहराइनको राजपरिवारका सदस्य

२८ वैशाख, काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् । यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो […]

सगरमाथा सफाइ अभियान टोली आधार शिविर प्रस्थान, छिट्टै काम थाल्ने

सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने नेपाली सेनाले सो सफाइको जिम्मा पिक प्रमोसन ट्रेकिङ एजेन्सीका प्रवन्ध निर्देशक बाबु शेर्पाले बताउनुभयो । सरकारले यस वर्ष ६९ जना माउन्टेन गाइडको सहयोगबाट छ वटा हिमालको फोहोर संकलन गर्ने भएको छ । आउने बैसाख र जेठको आरोहण सिजनमा पारेर नेपाली सेनाले सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, आमादव्लम र धौलागिरी हिमालबाट ३५ टन फोहोर संकलन गर्ने जनाएको छ ।

सगरमाथा आरोहणका लागि बहराइन राजपरिवार सहितको टोली नेपाल हिँड्यो

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान  गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक   छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ । टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरस विरुद्वको दुइ हजार डोज खोप सहयोग स्वरुप प्रदान गर्न कार्यक्रम छ ।बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई  पर्वतारोहणमा सफलताको शुभकामना दिनुभयो ।