खराब माैसमका कारण भारतीय चलचित्र छायाङ्कन टोली लुक्लामै रोकियो

काठमाण्डाै – मौसम प्रतिकूल भएपछि भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टोली लुक्लामा रोकिएको छ । झण्डै ८५ जना चलचित्रकर्मी खुम्बु क्षेत्रमै रोकिएका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो । तर मौसमका कारण उडान प्रभावित भएको छ । हिजो केही कलाकार फर्किए पनि अरु रोकिएका छन् । गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो । भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित...

सम्बन्धित सामग्री

नेपालमा विदेशी चलचित्र छायाङ्कन हुने क्रम बढ्यो

काठमाडौँ – केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ। अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन। विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो। […]

नेपालमा छायांकन भएकाे चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ- नेपालमा छायाङ्कन भएकाे भारतीय चलचित्र ‘उचाइ’ शुक्रबारदेखि प्रदर्शनमा आएकाे छ। चलचित्रले विश्वभरि ८३४ स्क्रिन पाउँदा भारतमा ४८३ र  नेपालमा ७० स्क्रिन पाएकाे छ। नेपालकै पात्रलाई मूलकथा बनाइएको चलचित्र छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरेका थिए। चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन […]

भारतीय चलचित्र छायाङ्कन टाेलीले भरिभराउ खुम्बु क्षेत्र

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टाेलीले भरिभराउ बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा 'उंचाई' नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको यस चलचित्र असोज ३० गतेसम्म जारी रहने शुटिङ युनिटका गाइड तिलक राईले जानकारी दिनुभयो । उहाँका अनुसार दृष्य छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टाेली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, ...